Comments Add Comment

संसदको विशेष अधिवेशन : मतदानका लागि तीनवटा लवि

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्ष वा विपक्षमा मत दिन तीनवटा लविको व्यवस्था गरिएको छ ।

संसद सचिवालयका अनुसार विश्वासको मतको पक्षमा, विपक्षमा र कुनै पक्षमा पनि मत दिन्न भनी मत व्यक्त गर्न छुट्टाछुट्टै स्थलको व्यवस्था गरिएको छ । कोरोना भाइरस संक्रमित सांसदका लागि संसद भवन नयाँ वानेश्वरकै ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ ।

सोमबारको संसद बैठकमा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत माग्दै मन्तव्य राखेका छन् । उनीपछि अन्य दलका शीर्ष नेताहरुले पनि बोल्ने तय भएको छ ।

त्यसपछि फेरि प्रधानमन्त्रीले जवाफ दिनेछन् । प्रधानमन्त्रीको जवाफपछि मतविभाजन प्रक्रिया सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment