+
+
Shares

गण्डकीमा कांग्रेस–माओवादी गठबन्धनलाई सघाउन राष्ट्रिय जनमोर्चाको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १७:२१

२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने दावी पत्रमा अनिवार्य रुपमा हस्ताक्षर गर्न राष्ट्रिय जनमोर्चाले ह्वीप जारी गरेको छ ।

सोमबार जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले आफ्ना पार्टीका सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीलाई पत्र लेखी कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्ने दावीपत्रमा हस्ताक्षर गर्न आग्रह गरेकी हुन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने दावीपत्रमा पियारीबाहेक राष्ट्रिय जनमोर्चाका दलका नेता कृष्ण थापा र खिमविक्रम शाहीले हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् ।

दलका नेता थापाले पार्टीको बैठक नबसेको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समयभित्रै निर्णय गर्ने बताए ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारको पक्षमा उभिने बताइसकेका छन् । राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर नगरेसम्म नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन आवश्यक संख्या पुग्दैन । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसद हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख सीता पौडेल समक्ष जान तम्तयार छन् ।

६० सदस्यीय प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले समर्थन गर्दामात्र यो गठबन्धनको पक्षमा बहुमत सांसद अर्थात ३१ सांसद पुग्नेछ ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?