
२७ वैशाख, काठमाडौं । राष्ट्रि बिमा कम्पनी लिमिटेडेको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ)ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ । एकैदिन १ हजार ५ सय ४१ रुपैयाँले बढ्दा संस्थापक समूहतर्फको सेयर मूल्य प्रति कित्ता १६ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।
लामो समयदेखि साधारण सभा तथा लेखापरीक्षण समेत यस कम्पनीले गराउन सकेको छैन । लामो समयदेखि रोकिएको आकर्षक लाभांश दिने आशले यस कम्पनीको सेयर मूल्यमा आकर्षण देखिएको जानकारहरु बताउँछन् ।
राष्ट्रि बिमा कम्पनी पछि धेरै सेयर मूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु हाइड्रोपावर देखिएको छ । यी दुबै कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4