+
+
Shares

काठमाडौंमा जेठ २ देखि चिनियाँ खोप सञ्चालन गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते २०:०८
फाइल तस्वीर

२७ वैशाख, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको दोस्रो चरणको चिनियाँ खोप (भेरोसेल) सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी जेठ २ गतेदेखि खोप लगाउने तयारी गरेको हो ।

जेठ २ गतेदेखि खोप कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी भिडभाड हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय भएको हो ।

खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक सुरक्षाको व्यवस्था भने जिल्ला प्रशासन कार्यालयले मिलाउने उनले बताए ।

हेर्नुहोस् विज्ञप्ति :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?