
फाइल फोटो
२८ वैशाख, काठमाडौं । बहराइनको राजपरिवारका सदस्यसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सो टोली मंगलबार बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
यो जारी सिजनको पहिलो अनुमति प्राप्त सगरमाथाको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो ।
यो टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफासहितका आरोहीहरु थिए । यसअघि राजकुमार खलिफाले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4