Comments Add Comment

ए डिभिजन लिग फुटसल अनिश्चितकालका लागि स्थगित

२८ वैशाख काठमाडौं । आगामी जेठ १ गतेदेखि पोखरामा तय भएको ए डिभिजन लिग राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै कोभिड-१९ बाट उत्पन्न प्रतिकूल परिस्थितीका कारण अनिश्चितकालका लागि फुटसल लिग स्थगित गरेको जनाएको छ ।

एन्फाले अर्को सूचना जारी नहुँदासम्मको लागि फुटसल लग स्थगित गरिएको जनाएको छ । एन्फाको फुटसल कमिटीले आयोजना गर्ने भनिएको लिगमा देशभरबाट छनोट भएका १० टिमले प्रतिस्पर्धा गर्ने तय थियो ।

पहिलो पटक हुन लागेको ए डिभिजन लिग राष्ट्रिय फुटसल जेठ १ देखि २२ सम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुने तय गरिएको थियो ।

लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment