
२८ वैशाख, काठमाडौं । चीनको बेइजिङबाट ४०० वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
नेपाल एयरलाइन्सका महाप्रबन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४०० सिलिन्डर, १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर गरि करीब ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।
यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४०० आज आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4