
२८ वैशाख, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ ।
इटहरी उपमहानगरपालिकाले मंगलबार एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले बुधबारदेखि जेठ ४ गतेसम्म अस्पताल र औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गर्ने जनाएको छ । मंगलबार बसेको बैठकले फलफूल र दूधडेरी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको नगर प्रमुख द्वारिकलाल चौधरीले बताए ।
‘खाद्यान्न र तरकारी पसलमा अत्याधिक भिड देखिएपछि यसलाई नियन्त्रण गर्न बन्द गराउनुको विकल्प देखिएन । अब एक हप्ताका लागि भोलिसम्ममा खाद्यान्नको जोहो गर्न नगरवासीलाई आग्रह गर्दछौं,’ उनले भने, ‘बैंक भने सीमित कर्मचारी राखेर खोल्न सक्नेछन् ।’
जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर जारी गरेको निषेधाज्ञा बुधबार राति सकिंदैछ ।
प्रतिक्रिया 4