+
+
Shares

संक्रमितको उपचारका लागि महालक्ष्मी नगरपालिकाले गर्‍यो अस्पतालसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १५:०५

२९ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि केयर एण्ड क्यूर हस्पिटलसँग सम्झौता गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठ र अस्पतालका डा. प्रेम देवानले वैशाख २३ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अस्पतालबाट नगरपालिका भित्रका कोभिड-१९ का बिरामीहरूलाई अक्सिजन थेरापीसहितको केयर सर्भिस उपलब्ध गराउने छ । बिरामीको उपचार गरे वापत अस्पतालले नेपाल सरकारको निर्णय बमोजिमको शुल्क शोधभर्ना पाउने छ ।

अस्पतालका अनुसार हाललाई कोभिड हाई केयर आइसोलेसन युनिटमा १० बेड सञ्चालनमा ल्याइएको र यसलाई क्रमशः बढाइँदै लगिने छ।

नगरप्रमुख श्रेष्ठले बिरामीको चाप अनुसार उक्त युनिटमा ३० बेडसम्म सञ्चालनमा ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?