+
+
Shares

के प्रधानमन्त्री पदका लागि चुनाव लड्न चाहन्छन् सोनु सुद ?

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १८:०५

बलिउड कलाकार सोनु सुदले पहिलो लकडाउनदेखि नै प्रवासी मजदुरहरुलाई सहयोग गरिरहेका छन् । यतिमात्र होइन, भारतमा कोरोनाको दोश्रो लहरले ठूलो समस्या पनि निम्त्याएको छ । यस्तो अवस्थामा पनि, नायक सोनु सुदले भने निरन्तर काम गरिरहेका छन् ।

सोनुले फ्रान्सबाट अक्सिन प्लान्ट ल्याउने तयारी समेत थालेका छन् । सोनुको यस किसिमको कामलाई देखेर धेरै मानिसहरुले सामाजिक संजालमा उनलाई प्रधानमन्त्रीका लागि चुनाव लड्न पनि आग्रह गरेका छन् ।

हालैमात्र आफ्नो घर अगाडि उपस्थित भएका फोटोग्राफरहरुलाई पानी पिलाउँदै सोनुले प्रधानमन्त्रीको बिषयमा उठेको प्रश्नको जवाफ दिएका छन् । सोनुले भने–‘म आम मानिस नै ठिक छु । आम मानिस हुनु नै राम्रो छ । चुनाव लडेर मात्र के गर्नु । यो मेरो काम नै होइन ।’

सोनुले आम मानिस भएर नै काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?