+
+
Shares

बीपी प्रतिष्ठान धरानमा थप एकजना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २९ गते १८:०९

२९ वैशाख, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ की ८२ वर्षीया महिलाको बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।

वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा बसिरहेकी ती बृद्धा स्वास्थ्यमा समस्या भएपछि १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा दीर्घरोग पनि रहेको प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?