News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा घाइते काभ्रेपलाञ्चोक चौरीदेउराली–६ का आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले कम्प्युटर साइन्स स्नातक तहमा पूर्ण छात्रवृत्ति दिने भएको छ।
- प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले सरकारको ‘जेन–जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ कार्यान्वयन गर्दै छात्रवृत्ति दिइएको बताए।
- लामाले ‘कठिन परिस्थितिबाट प्रभावित युवाको भविष्यलाई अवसर र शिक्षामार्फत नयाँ दिशा दिनु हाम्रो जिम्मेवारी हो,’ भने।
२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनमा घाइते आयुष गौतमलाई काठमाडौं विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।
काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ का गौतमलाई विश्वविद्यालयले कम्प्युटर साइन्सको स्नातक तहमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय प्राज्ञिक–औद्योगिक विभागका संयोजक लक्ष्मण लामाले जानकारी दिए ।
सरकारले जारी गरेको ‘जेन–जी घाइते राहत सहायता सम्बन्धी कार्य तथा प्रतिबद्धता कार्यविधि, २०८२’ लाई कार्यान्वयन गर्दै उक्त छात्रवृत्ति प्रदान गरिएको लामाले बताए ।
‘कठिन परिस्थितिबाट प्रभावित युवाको भविष्यलाई अवसर र शिक्षामार्फत नयाँ दिशा दिनु हाम्रो जिम्मेवारी हो,’ लामाले भने ।
गौतम जेनजी आन्दोलनमा घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4