Comments Add Comment

गण्डकी प्रदेशमा थप १४ जना संक्रमितको मृत्‍यु

३० वैशाख, पोखरा । गण्डकी प्रदेशमा थप १४ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्की, ४ जना बागलुङ तथा १/१ जना दाङ र म्‍याग्दी जिल्लाका छन् ।

चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १७ का ७३ वर्षीय पुरूषको वैशाख २८ गते, पोखरा महानगरपालिका ७ की ४५ वर्षीय महिलाको २८ गते र पोखरा महानगरपालिका १७ का ४४ वर्षीय पुरूषको २९ गते मृत्‍यु भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका- ८ का ५० वर्षीय पुरूषको वैशाख ३० गते बिहान ३: ४५ बजे, पोखरा महानगरपालिका-१५का ६५ वर्षीय पुरूषको वैशाख ३० गते विहान ७ बजे र पोखरा महानगरपालिका १७ का ३० वर्षीय पुरूषको वैशाख ३० गते दिउँसो १ : १५ बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका १२ का ७८ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा उपचारका क्रममा वैशाख २९ गते विहान 9: २० बजे र पोखरा महानगरपालिका २६ का ६९ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा वैशाख ३० गते दिउँसो १२:१० बजे मृत्‍यु भएको छ ।

यस्तै धौलागिरी अस्पतालमा उपचारर बागलुङ नगरपालिका-४ का ७७ वर्षीय पुरूषको वैशाख ३० गते विहान ७ बजे, बागलुङकै गलकोट नगरपालिका-२ का ५२ वर्षीय पुरूषको वैशाख ३० गते विहान १० :३० बजे, ढोरपालटन नगरपालिका-९का ५७ वर्षीय पुरूषको वैशाख ३० गते विहान ११:४५ बजे र गलकोट नगरपालिका-३, बागलुङकै ४० वर्षीय पुरूषको वैशाख ३० गते दिउँसो २:१० बजे मृत्‍यु भएको छ ।

यस्तै दाङ, लालमटिया-१का ८० वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख ३० गते दिउँसो २:४० बजे र म्‍याग्दीको बेनी नगरपालिका-५का ४० वर्षीय पुरूषको वैशाख २९ गते साँझ ५ बजे बेनी अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रम०बाट मृत्‍यु हुनेको संख्या ३१८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment