
३० वैशाख, गुल्मी । गुल्मीमा कोरोना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आएको छ । सदरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको तीन महिनापछि पुनः सञ्चालनमा ल्याइएको हो ।
गत वर्षको असोज महिनामा सञ्चालनमा आएको उक्त प्रयोगशाला आवश्यक बजेट अभाव भएको भन्दै फागुनबाट बन्द भएको थियो । कोरोना प्रयोगशाला जिल्लाका १२ वटा स्थानीय तहले प्रतिवद्धता जनाएअनुसारको रकम उपलब्ध नगराउँदा बन्द भएको थियो ।
प्रयोगशाला बन्दसँगै कर्मचारीहरु तलब समेत नपाई रित्तो हात घर फर्किन बाध्य भएका थिए । तर अहिले नगरपालिकाले तीन लाख र प्रत्येक गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग रकम दिएपछि प्रयोगशाला सञ्चालनमा आएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4