Comments Add Comment

कोरोना संक्रमणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

३० वैशाख, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । कोरोना भाइरस संक्रमण भएका गैरेको उपचारको क्रममा निधन भएको हो ।

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ ६ बजे उनको निधन संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

एक साताअघि संक्रमण पुष्टि भएपछि उनलाई केएमसी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अध्यक्ष गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment