Comments Add Comment

‘बाल उदय’को डिजिटल एप सार्वजनिक

३० वैशाख, काठमाडौं । बाल उदय मासिक बालपत्रिका अब डिजिटल माध्यमबाट पनि प्रकाशन हुने भएको छ । ‘बाल उदय’ नामक एक अन्तरक्रियात्मक मोबाइल एप्लिकेसनमार्फत सहजै बाल उदय पढ्न पाइने भएको हो ।

यही शुक्रबार एक भर्चुअल कार्यक्रमका बीच ‘नायिका सुरक्षा पन्तसँग बालबालिकाका कुरा’ शीर्षकमा छलफल कार्यक्रम गर्दै उक्त एप्लिकेसन सार्वजनिक गर्न लागिएको बाल उदयका सम्पादक नरेन्द्रकुमार नगरकोटीले जानकारी दिए ।

‘एप्लिकेसनमार्फत बालबालिकाले आफैं स्वस्थ बन्न, विज्ञान प्रविधिको क्षेत्रमा अगाडि बढ्न पाउनेछन्,’ सम्पादक नगरकोटी भन्छन्, ‘यो सिक्ने र सिकाउने डिजिटल अभियान हो जसले बालबालिकाको चौतर्फी हित गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment