+
+
Shares

कोरोना संक्रमणबाट विराटनगरमा आमा छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते २०:०२

३० वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा आमा छोराको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको मृत्यु भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएकी आमाको उपचारको क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ साढे ७ बजे मृत्यु भएको थियो । बिहीबार आमाको अन्त्येष्टि नसकिंदै दिउँसो २ बजे उनका ४२ वर्षीय छोराको पनि मृत्यु भएको हो ।

दुवै जनाको विराटनगर अस्पतालमा मृत्यु भएको हो । मृतकका बुबा पनि संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?