Comments Add Comment

प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रन प्रचण्डको आग्रह

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन आह्वान गरेका छन् ।

इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको समेत उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा प्रचण्डले सुरक्षाका सबै मापदण्ड अपनाइ सुरक्षित रहन समेत आग्रह गरेका छन् । प्रचण्डले वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment