Comments Add Comment

भारतमा २४ घण्टामा कोरोनाबाट चार हजारको मृत्यु

३ लाख ४३ हजार बढी नयाँ संक्रमित थपिए

३१ वैशााख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण चार हजार जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा कोरोनाका ३ लाख ४३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण अहिलेसम्म २ लाख ६२ हजार ३१७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ४२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या करिब ४० हजार छ । कर्नाटकमा पनि कोरोनाका नयाँ संक्रमितको संख्या ३५ हजारभन्दा धेरै छ ।

पछिल्लो केही दिनयता भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या चार लाखभन्दा कम देखिएको छ । यद्यपि मृत्यु हुनेको संख्या भने चार हजारबाट घट्न सकेको छैन ।

अहिलेसम्म भारतमा करिब १७ करोड ९३ लाख डोज कोरोना खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment