Comments Add Comment

दयाहाङको ‘मितज्यू’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

सोमनाथ खनालको लेखन तथा दयाहाङ राइको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ डिजिटल प्लेटर्फमबाट रिलिज हुने भएको हो । यो नाटक आज बेलुकी ५ बजे युटुबबाट रिलिज गर्न लागिएको हो । कोरोना महामारीका कारण दर्शकले प्रत्यक्ष रुपमा नाटक हेर्न नसक्ने अवस्था सिर्जना भएपछि नाटकलाई युटुबबाट रिलिज गर्न लागिएको हो ।

यो नाटक सात बर्ष अगाडि मञ्चन गरिएको थियो । सोही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारको साथमा पुनः उत्पादन गरेर युटुबबाट सार्वजनिक गर्न लागिएको मण्डला थिएटरले जानकारी दिएको छ ।

नेपाली संकृतीमा लोकप्रिय मानिने मितेर साइनो अन्र्तगत मितको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । युटुबमा रिलिज गर्नका लागि चैत्रको अन्तिम साता यो नाटक छायांकन गरिएको थियो । यो नाटकमा वुद्दि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का लगायतका कलाकारको अभिनय छ ।

थिएटरका अनुसार यो नाटक निर्माण तथा छायांकन गर्नका लागि ५० जना रंगकर्मी र प्राविधिकहरुको संलग्नता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment