+
+

ओली र नेपाललाई वामदेवको शुभकामना : पार्टी एकतामा सफलता मिलोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३१ गते १३:३६

३१ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सुरु भएको संवाद नेकपा एमालेका निम्ति एक महत्वपूर्ण घट्नाको रुपमा स्थापित होस भन्ने आफ्नो चाहना भएको बताएका छन् ।

गौतमले सामाजिक सञ्‍जालमार्फत् ओली र नेपाल विचको विहिबारको कुराकानीलाई पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको बताएका हुन्।

उनले भनेका छन, ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४३औ प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?