Comments Add Comment

अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर : देउवा

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गरी उनले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका हुन् ।

‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु’ उनले भनेका छन् ।

देउवाले अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई अपील गरेका छन् । उनले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।

देउवाले कांग्रेस कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment