Comments Add Comment

रातो मत्स्येन्द्रनाथको सांकेतिक रथयात्रा दिउँसो साढे २ बजे

फाइल तस्वीर

१ जेठ, काठमाडौं । शनिबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने भएको छ । कोरोना महामारीका कारण यो वर्ष पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गर्न लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । शनिबार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको महर्जनले जानकारी दिए ।

रथयात्रा साढे २ बजे ललितपुरको पुल्चोकमा हुने छ । रथयात्राको बारेमा बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय गरेको थियो ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । ढिला गरी भएको रथयात्राको क्रममा स्थानीय प्रशासन र स्थानीयबीच झडप समेत भएको थियो । तर यो वर्ष समयमा नै सरोकारवाला पक्षसँगको छलफलपछि रथयात्राको मिति तय भएकोले कुनै समस्या नभएको अध्यक्ष महर्जनले जानकारी दिए ।

वैशाख पूर्णिमाको भोलिपल्ट हुने महास्नानसँगै सुरु भएको यो असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । करिब एक हजार ६०० वर्ष पुरानो मानिन्छ । दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment