+
+
Shares

सिरहामा जेठ २१ गतेसम्म निषेधाज्ञा जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते ११:३५

१ जेठ, जनकपुरधाम । सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।

‘निषेधाज्ञाकाबीच संक्रमण नफैलिओस् भन्ने अपेक्षा छ,’ कँणेलले भने, ‘विज्ञले नागरिकले सतर्कता अपनाए कोरोना न्यूनीकरण हुने भनेका छन् । त्यसैले निषेधाज्ञाको पालना हुन्छ भन्ने विश्वास छ । अटेर गरेमा अझै कडाइ गर्दै लग्नेछौं ।’

सिरहासहित प्रदेश २ का आठै जिल्लामा निषेधाज्ञा जारी भएको छ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएकाले सप्तरी र बाराले अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने आदेश जारी गरेका छन् ।

केही जिल्लाले क्रमशः निषेधाज्ञा लम्व्याउँदै लगेका छन् । रौतहटमा जेठ ७ गते राति १२ बजेसम्मका लागि र पर्सामा जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

धनुषा, महोत्तरी र सर्लाहीमा यसअघि नै जेठ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?