+
+

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १ गते २०:१८

१ जेठ, बुटवल । कोरोना महामारी नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेसले प्रदेश सरकारले महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको जनाएको छ ।

संसदीय दलका नेता वीरेन्द्र कनौडियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै जिल्लामा प्रदेशसभा सदस्यको नेतृत्वमा अति आवश्यक सेवा, संक्रमित एवं अस्पतालहरुको अनुगमन र प्रदेश सरकारसँग सहजीकरण गर्न सर्वपक्षीय संसदीय टोली गठन गर्न माग समेत गरिएको छ ।

‘प्रदेश सरकार आफ्नै धुन एवं गतिमा अग्रसर हुँदा, सरकारी काम कारबाही चुस्तदुरुस्त नदेखिएको, सरकारको लाचारीपन, लापरबाही र गैरजिम्मेवार गतिविधिले महामारी नियन्त्रण र रोकथाम काबु बाहिर गएकोमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश भर्त्सना गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?