+
+
Shares

कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १०:३४

२ जेठ, काठमाडौँ । कोरोना संक्रमणबाट बाँकेमा थप ८ जना संक्रमितको मृत्‍यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ३/३ जना बाँके र बर्दिया, १/१ जना रोल्पा र कैलालीका संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अुनसार भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर १९ बाँकेका ६० वर्षीय पुरुषको आइतबार विहान ६ बजे, कोहलपुर नगरपालिका-१५ बाँकेका ६७ वर्षीय पुरूषको आइतबार ६:३० बजे तथा राप्तिसोनारी गाउँपालिका-२, बाँकेकी ५२ वर्षीया महिलाको नेपालगञ्‍ज मेडिकल कलेजमा आइतबार विहान २ बजे मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत मधुबन नगरपालिका-९ बर्दियाका ७१ वर्षीय पुरूषको शनिबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-१का ५० वर्षीय पुरूषको शनिबार साँझ ७:३० बजे र बढैयाताल गाउँपालिका-२ का ८७ वर्षीय पुरूषको आइतबार विहान २ बजे मृत्‍यु भएको छ ।

यस्तै गौरीगंगा गाउँपालिका-४ कैलालीका ५२ वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा शनिबार उपचारका क्रममा मृत्‍यु भएको छ भने रूम्टीगढी-३, रोल्पाका ३५ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति ११:३० बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २३५ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १८३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?