+
+
Shares

वागमती प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १४:५७

२ जेठ, काठमाडौं । वागमती प्रदेश प्रहरीले फायरिङबाहेकका अन्य प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ ।

वागमती प्रदेश प्रहरी कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रशिक्षणका लागि हाल प्रयोग भइरहेका सक्कली हतियारहरु बिग्रने र फुट्ने हुँदा काठको डमी हतियार प्रयोग गर्न लागिएको जनाएको छ ।

कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएअनुसार ५ सय थान काठको डमी हतियार निर्माण गरी वागमती प्रदेशअन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक इकाईमा यसको सुरुवात गर्न लागिएको जनाइएको छ ।

जसअनुसार पहिलोचरणमा ५० थान काठको डमी हतियार निर्माण गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?