Comments Add Comment

कर्णाली सरकारविरुद्ध रिट

फाइल तस्वीर

२ जेठ, सुर्खेत । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालका नाममा अधिवक्ता शेरबहादुर खत्री, गणेश ओली र इन्सेक कर्णाली प्रदेशका प्रलेख अधिकृत टीका विष्टले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।

कोरोना संक्रमणको दोस्रो भेरियन्ट समुदायस्तरसम्म व्यापक फैलिएर मृत्युदर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरवाही गरिएको भन्दै रिट दायर गरेको अधिवक्ता गणेश वलीले बताए ।

लोक कल्यानकारी राज्यमा नागरिकहरुलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारबाट वञ्चित हुनु सुखद् पक्ष नभएको विष्टले बताइन् ।

आइतबार दायर रिटमा भनिएको छ, ‘तीनै तहका सरकार र महामारी व्यवस्थापन गर्ने निकाय उत्तरदायी नभएको र जनताको स्वास्थ्यमाथी खेलवाड गरी नेपालको संविधानको धारा १६, १८, ३५, ४४, ४६ र ५७ (४) मा उल्लेखित मौलिक हकमा अघात पुगेको छ ।’

रिटमा विपक्षीका नाममा अन्तरिम आदेश सहितको परमादेशको आदेश जारी गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment