+
+

बाँकेमा एकैदिन ११ जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १८:००
फाइल तस्वीर

२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना बाँकेका छन् भने छ जना बाहिरी जिल्लाका छन् ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना पुरुष र तीन जना महिला गरी पाँच जना सक्रमितको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक जना महिला र पाँच जना पुरुष गरी छ संक्रमितको मृत्यु भएको उनले बताए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ । जसमध्ये १०० जना महिला छन् भने १३७ जना पुरुष छन् । बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँके आएका १८४ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ५६ जना महिला र १२८ जना पुरुष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?