+
+
Shares

कालीमाटी तरकारी बजारबाट थालियो काठमाडौंमा एन्टिजेन परीक्षण

१० हजार व्यक्तिको परीक्षण गर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १७:०६

४ जेठ, काठमाडौं । कोभिड-१९ संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न समुदायमा आजदेखि एन्टिजेन परीक्षण सुरु भएको छ । काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको सुरुआत कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो ।

परीक्षणका लागि तरकारी बजारमा खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ,’ महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्छन्, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो ।’

परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनिएको छ ।

महाशाखाका ल्याबटेक्निसियन निरीक्षक भोला अधिकारीले परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुने बताए ।

उनअनुसार कसैको शरीरमा कोभिडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि -लक्षण देखिनु अघि) कसैसँग कोभिड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने लक्ष्य छ ।

भोलि बडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखिएको महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओली बताउँछन् । तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।

परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?