Comments Add Comment

नेवानिलाई प्राथमिकता दिएर नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

४ जेठ, काडमाडौं । पर्यटन व्यवसायीले चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न सीमित संख्यामा भएपनि नियमित उडान खोल्न माग गरेका छन् । सरकारले नेपालमा अन्तर्राष्ट्रिय सेड्यूल उडान बन्द भएको छ ।

तर, दूतावासहरुको पहलमा नेपालबाट पुनः चार्टर्ड उडान गरी विदेशी नागरिकका लागि जहाज उपलब्ध गराउन शुरु गरिएको छ ।

चार्टर्ड उडान विवादास्पद हुने र विदेशी एयरलाइन्सले मात्र अवसर पाउने भएकाले पर्यटन व्यवसायीले सीमित संख्यामा सेड्यूल उडान खोली नेपाल एयरलाइन्सलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)ले २५ मे २०२१ बाट अन्तर्राष्ट्रिय सेड्युल उडान खोली नेपाल वायुसेवा निगममार्फत उडान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

निगमबाहेक नेपालमा उडान गरिरहेका वायुसेवा कम्पनीलाई तत्कालका लागि सिमित मात्र उडानको अनुमति दिन समेत नाट्टाले सरकारको ध्यानाकर्षण गराएको छ । अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा अत्यधिक भाडा लिने गरिएको र त्यसमा ट्राभल एजेन्सीले टिकट जारी गर्ने अनुमति नहुँदा यात्रु मारमा पर्ने गरेको नाट्टाले जनाएको छ ।

नियमित उडान खोली त्यसमार्फत यात्रा गर्ने नेपाली तथा विदेशी नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालनामा जोड दिनु पर्ने समेत नाट्टाले माग गरिरहेको छ ।

सरकारले नियमित उडान बन्द गरेको समयमा अहिले धमाधम चार्टर्ड उडानको अनुमति जारी गरेको छ । आज मात्र त्रिभुवन विमानस्थलबाट कार्गोसहित ११ उडानको अनुमति जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment