+
+
Shares

प्रहरीलाई देखेपछि युवक भागे, कटुवा पेस्तोल भुइँमा खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १४:५३

५ जेठ, जनकपुरधाम । सिरहामा प्रहरीलाई देखेपछि भागेका एक युवकको साथबाट कटुवा पेस्तोल भेटिएको छ ।

सिरहा नगरपालिका–१७ पटेर्वाका २७ वर्षीय धीरु यादव प्रहरीलाई देख्ना साथ भागेपनि उनले कटुवा पेस्तोल खसेको प्रहरीले जनाएको छ । खसेको पेस्तोल बरामद गरी फरार यादवको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले बताए ।

मादक पदार्थ सेवन गरी बुधबार दिउँसो गाउँघरमा हल्ला गरिरहेको जानकारी पाएर इलाका प्रहरी कार्यालय मार्डरबाट खटिएको टोली देख्नासाथ यादव भागेका थिए । त्यस क्रममा उनले बोकेको एक थान कटुवा पेस्तोल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?