+
+
Shares

श्रीमतीको हत्या आरोपमा हरिबहादुर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते १९:५८

५ जेठ, वीरगञ्ज । बारामा प्रहरीले श्रीमती हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका– ३ बजनी छिमेकी बैंक टोलका ५६ वर्षीय हरिबहादुर कार्की पक्राउ परेका हुन् ।

कार्कीलाई वैशाख ९ गते श्रीमती ४५ वर्षीया पार्वती कार्कीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

वैशाख ९ गते राति श्रीमान श्रीमतीबीचको झगडामा हरिबहादुरले इँटाले हिर्काएका थिए । भोलिपल्ट पार्वती घरको माथिल्लो तल्लामा मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनापछि फरार कार्कीलाई ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुर सिमरा– २ बाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?