
६ जेठ, काठमाडौं । कोभिड १९ को खोप अभियानको लागि सरकारी प्यानल नेसनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्ट्रेसनले केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको खोप अभियानको लागि नयाँ निर्देशन जारी गरेको छ ।
उक्त एक्सपर्ट ग्रुपले कोरोना भाइरस संक्रमण भएर पुष्टि हुनेहरुको खोप अभियान ३ महिनाको लागि स्थगित गर्न सुझाव दिएको छ ।
यसका अलावा कोरोनाको पहिलो खोप लिएपछि जो कोरोना भाइरस संक्रमित भइरहेका छन् । उनीहरुलाई समेत दोस्रो डोज ३ महिनापछि मात्रै दिन सल्लाह दिइएको छ । साथमा स्तनपान गराउने महिलालाई समेत खोप अभियानमा संलग्न गराउन आग्रह गरेको छ ।
के सल्लाह दिइएको थियो सरकारलाई ?
एनइजीभीएसीले कोभिड १९ महामारीको स्थिति र दुनियाँभरको वैज्ञानिक प्रमाणहरुको आधारमा केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई दिइएको थियो। जसलाई सरकारले स्वीकार गरेको हो ।
यी सल्लाहलाई मन्त्रालयले राज्य र केन्द्र शासित प्रदेशहरुलाई समेत यसबारे सूचना दिइसकेको छ । केन्द्र सरकारले भाइरस कोरोना भाइरस लागेर निको भएकाहरुलाई तीन महिनासम्मको लागि रोक लगाइएको छ ।
साथमा केन्द्र सरकारलाई एक्सपर्टहरुले यो पनि सुझाव दिएका छन् कि गम्भीर किसिमको बिरामीहरु जसलाई अस्पताल या आइसीयूमा भर्ती गराउनु जरुरत हुन्छ । उनीहरुको लागि समेत खोप अभियान ४ देखि ८ हप्ता पछि सार्न भनिएको छ ।
कहिले गर्न सकिन्छ रक्तदान ?
सरकारले ती व्यक्तिहरुलाई कोरोनाको खोप अभियानमा संलग्न भएकाहरु र कोरोना ठीक भएकाहरुले १४ दिनपछि मात्रै रक्तदान गर्न सुझाव दिएको छ ।
कोरोनाबाट ठीक भएको भन्नुको अर्थ यो हो कि आरटीपीसीआर परीक्षणमा नेगेटिभ आएको १४ दिनपछि मात्रै संक्रमण भएको व्यक्तिले रक्तदान कार्यमा सहभागी हुन सक्नेगरी सूचना जारी गर्न सुझाव दिएको थियो ।
यसका साथ जो महिलाहरु बच्चालाई स्तनपान गराउछिन् उनीहरुलाई समेत खोप अभियानमा संलग्न गराउन सुझाव दिइएको छ । भारतमा गर्भवती महिलाहरुको खोप अभियान कहिले हुन्छ ? यसबारे अहिले पनि चर्चा जारी छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भन्यो कि यसले यस सम्बन्धमा सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुका सम्बन्धित अधिकारीहरुलाई सूचित गरिसकेको छ र उनीहरुलाई सोही अनुसार काम गर्न भनिएको छ।
यसका साथसाथै राज्यहरूलाई विभागका साथसाथै यी सूचनाहरू सर्वसाधारणमा पनि फैलाउन भनिएको छ ।
बिबिसीबाट
प्रतिक्रिया 4