+
+

संक्रमित पत्रकारका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १७:१६

६ जेठ, काठमाडौं । सुनसरीमा कोरोना संक्रमित पत्रकारहरुका लागि सञ्चालन गरिएको मोबाइल डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुको घरमै गएर मोबाइल डाक्टर सेवा दिंदै आएको छ । युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार धरानमा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई बिहीबार मोबाइल डाक्टर सेवा प्रवाह गरिएको छ ।

धरानका तीनजना सञ्चारकर्मीहरुलाई घरमै पुगेर चिकित्सकीय परामर्श र औषधि प्रदान गरिएको उनले बताए । धरानका पत्रकार कमानसिंह राई, नवीन रम्तेल र नेगेटिभ रिपोर्ट आएर पनि शरीर अस्वस्थ रहेका पारस राईलाई उनीहरु बसेकै स्थानमा गएर चिकित्सकहरुले बिहीबार परामर्श गरेका हुन् ।

मोबाइल डाक्टर सेवाका लागि डा. अमितकुमार खतिवडा, औषधि विज्ञ धनेश्वर शर्मा, स्टाफ नर्स किरण चौधरीले चिकित्सकीय परामर्श दिंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?