+
+
Shares

चार्टर्ड उडानबाट नेपाली नागरिक पनि विदेश जान पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ६ गते १७:२०

६ जेठ, काठमाडौं । अब चार्टर्ड उडानबाट नेपाली नागरिकले समेत हवाई उडान गर्न सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार यस्तो सर्कुलर आएको छ ।

सरकारले नियमित उडान रोकेर चार्टर्ड उडानलाई भने अनुमति दिएको छ । अहिले चार्टर्ड उडानमा विदेशी नागरिकलाई मात्र उडानको अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार नयाँ निर्णय अनुसार अब नेपालबाट विदेश जाने प्रयोजनका लागि नेपालीले समेत अनुमति पाउने छन् ।

यसले वैदेशिक रोजगारीमा जान अडि्कएका नेपाली नागरिक लाभान्वित हुने छन् । तर, व्यवसायीले भने नेपाल एयरलाइन्सलाई प्राथमिकता दिएर नियमित उडान खोल्न आग्रह गरेका छन् । चार्टर्ड उडानमा चर्को मूल्य पर्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।

नियमित उडान नभइरहेको वर्तमान अवस्था मा चार्टर उडान गर्ने अनुमति प्राप्त उडान मा विदेशी नागरिक र नेपाली समेत सबैलाई विदेश…

Posted by Tribhuvan International Airport on Thursday, 20 May 2021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?