Comments Add Comment

प्रधानमन्त्रीको प्रश्न : राजीनामा गर्नुपर्ने कहाँ लेख्या छ ?

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ उनले प्रश्न गरे ।

आफूले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था भए पनि आफूले लिन नचाहेको प्रधानमन्त्री ओलीले बताए । ‘मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने ? संविधानमा त छैन, संविधानमा छैन भने अर्को विकल्पमा जाने, विकल्प रोकिएको छैन’ उनले भने ।

आफूले राजीनामा दिए पनि, मार्गप्रशस्त गरे पनि, त्यसै गए पनि धारा ७६ (५) कै प्रक्रियामा जानुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले आफूले राजीनामा नदिए पनि र विश्वासको मत नलिए पनि सरकार गठनका लागि सबै विकल्प खुला गरेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment