+
+
Shares

विपक्षी गठबन्धनको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १०:३७

८ जेठ, काठमाडौं । सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दै छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन् । शुक्रबार मध्यरातमा संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव घोषणा गरिएको छ ।

कांग्रेस नेता खाँणले राष्ट्रपतिको यो कदमलाई घोर अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरे । उनले यसविरुद्ध सबै दल मिलेर अघि बढ्ने बताए ।

कोरोना महामारीको बेला संसद विघटन गरी चुनावमा जाने सरकारको निर्णयको सर्बत्र विरोध भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?