Comments Add Comment

गन्हाउने फूल सुँघ्न अमेरिकामा सयौंको लाइन

अमेरिकाको सन फ्रान्सिस्कोस्थित बे एरिया सहरमा रहेको पूरानो ग्यास स्टेसन नजिकै गन्हाउने फूल फक्रिएको छ । लास फूल अर्थात् corpse flower भनिने उक्त फूलबाट दुर्गन्ध निस्किन्छ । तर मानिसहरुलाई लास फूलको दुर्गन्ध यति मन परेको छ कि त्यो फूल सुँघ्नका लागि सयौँ मानिसहरु तछाडमछाड गरेका छन् ।

स्थानीय अलामेडा भन्ने ठाउँमा रहेको फूल नर्सरीमा उक्त गन्हाउने फूल फक्रिएको छ । उक्त नर्सरीका मालिक सोलोमन लेभा उक्त गन्हाउने फूल फक्रिएको तस्वीर सोसल मिडियामा राखेका थिए ।

मानिसहरुले उक्त फूलप्रति निकै रुची देखाएपछि उनले त्यसलाई नजिकैको पूरानो पेट्रोल स्टेसनको भवनमा प्रदर्शनीमा राख्ने निधो गरे । जब उक्त गन्हाउने फूल सार्वजनिक ठाउँमा प्रदर्शनीमा राखियो तब मानिसहरु त्यसलाई हेर्न र सुँघ्नका लागि दिनभर जसो आउने गरेका छन् । बिहिबार मात्रै दिनभरमा १२ सय जनाले उक्त फूल सुँघेको सोलोमन लेभा बताउँछन् ।

धेरै मानिसहरु चाहिँ गतवर्ष सनफ्रान्सिस्कोमा यस्तै फूल फुल्दा त्यो बारभित्र रहेकोले नजिकबाट र सुँघ्न नपाइएको तर यसपटक सबैले नजिकै गएर हेर्न तथा सुँघ्ने व्यवस्था गरिदिएकोमा लेभाले धन्यवाद दिएका छन् ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment