Comments Add Comment

नेपालको महामारीबारे बेलायती संसदमा बहस : सांसदको ११ प्रश्न र मन्त्रीको जवाफ

८ जेठ, काठमाडौं । बेलायतको संसदमा नेपालको कोरोना माहामारी र गर्न सक्ने सहयोगबारे छलफल भयो । हाउस अफ लर्डमा बिहीबार भएको यो बहसको सुरुवातमा नेपालले बेलायतसँग माग गरेको २० लाख डोज कोरोना खोपबारे सुरु भएको थियो ।

सांसदहरुले सोधेका एकपछि अर्को प्रश्नको जवाफ विदेश मन्त्रालयमा दक्षिण एसिया हेर्ने मन्त्री तारिक मोहम्मद अहमदले दिएका छन् । उनले नेपाली अधिकारीहरुसँग निरन्तर सम्वादमा रहेको र सक्दो सहयोग गर्ने बताएका छन् । तर नेपालले मागेको खोपबारे कुनै प्रतिवद्धता जनाएका छैनन् ।

बहसका क्रममा लेबर पार्टीका जर्ज फोउल्कसले नेपाल र बेलायतका प्रधानमन्त्रीबीच तुलना गरे । नेपालका प्रधानमन्त्रीको आफ्नो गल्ती महसुस गरेको भन्दै उनले प्रश्न गरे, यो उनी यहाँका प्रधानमन्त्रीभन्दा असल छन् भन्ने कुराको संकेत होइन ?

तर मन्त्रीले प्रधानमन्त्री बोरिस जोनसनको बचाउ गरे । उनकै पहलमा कोभ्याक्स कार्यक्रमको स्थापना भएको र यसबाट १९२ मुलुकले लाभ लिइरहेका उनले बताएका छन् ।

प्रस्तुत छ, बेलायती संसदमा भएको बहसको नेपाली अनुवाद :

सांसद मार्क ल्याङ्कास्टरको प्रश्न : आफ्नो मुलुकमा बढिरहेको कोरोना भाइरस -कोभिड-१९) नियन्त्रणका लागि नेपाल सरकारले बेलायतसँग २० लाख डोज खोपका लागि गरेको आग्रहमा सरकारले के गर्‍यो भन्नेबारे सांसदहरुलाई प्रश्न गर्न अनुमति दिन्छु । म सांसदहरुलाई आग्रह गर्छु कि मसँग भएको अर्डर पेपरको नाम अनुसार प्रश्न सोध्नुस् । म यो जानकारी गराउन चाहन्छु कि म बि्रगेड अफ गुर्खाजको सहायक कर्नेल कमाण्डरको वकालत गर्न गइरहेको छु ।

मन्त्री तारिक मोहम्मद अहमदको जवाफ : मेरा आदरणीय मित्र प्रधानमन्त्रीले बेलायतको खोप वितरणको अवधारणा सामान रुपमा पहुँच पुर्‍याउने रहेको स्पष्ट पारिसक्नु भएको छ । बेलायतले कोभ्याक्स कार्यक्रमका लागि ५४ करोड ८० लाख पाउण्ड रकम दिएको छ । यो कार्यक्रमले अहिलेसम्म तीन महादेशमा पाँच करोड ९० लाख डोजभन्दा धेरै कोरोना खोप वितरण गरिसकेको छ, जसअन्तर्गत नेपालले पनि तीन लाख ४८ हजार डोज खोप पाएको थियो । कोभ्याक्सले नेपाललाई करिब २० लाख डोज कोरोना खोप छुट्याएको छ । यो खोप निःशुल्क रुपमा प्रदान गरिनेछ । हामीले भविष्यमा हामीलाई बढी हुने खोप कोभ्याक्स कार्यक्रमलाई दिनेछौं ।

मार्क ल्याङ्कास्टरको पुनः प्रश्न : नेपाल सरकारका लागि बेलायतसँगको मैत्री सम्बन्धभन्दा ठूलो कुनै अभियान छैन । यो संसद्लाई पनि थाहा छ कि नेपालसँग बेलायतको मजबुत सम्बन्ध रहँदै आएको छ । २ सयभन्दा लामो समयमा बेलायतले सामना गरेको प्रत्येक लडाइँ र संकटमा नेपालका वीर मानिसहरुले लडेका थिए र वीरगति प्राप्त गरेका थिए । अहिले नेपालमा कोरोना भाइरस बढिरहेको समयमा नेपाल आफ्नै शहरमा संकटको सामना गरिरहेको छ । के मेरो आदरणीय मित्रले हामीलाई आश्वस्त पार्न सक्छन् कि आज साँझदेखि एयर करिडोर खुल्छ र शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको स्थायी मैत्री सम्बन्धको आधारमा हामी त्यो सबै काम गर्नका लागि तयार छौं, जुन हामी गर्न सक्छौं ?

मन्त्रीको जवाफ : म मेरा मित्रले नेपालको पक्षमा गरेको वकालतप्रति सम्मान व्यक्त गर्न चाहन्छु । म उनलाई के आश्वस्त गराउन चाहन्छु भने मैले सैन्य सुरक्षा बल मन्त्रीसँग भेटेको थिएँ र एमओडी सैन्य, मेडिकल र परामर्श टोली नेपालमा पुर्‍याउन तयार अवस्थामा छ । आगामी साता उनीहरु आवश्यक सामग्रीहरु बोकेर प्रस्थान गर्नेछन् ।

म अहिले प्रत्यक्षरुपमा पनि नेपाल सरकारसँग सम्पर्कमा छु । वास्तवमा हिजो मैले विदेशमन्त्रीसँग निकै रचनात्मक बैठक पनि भएको थियो, जहाँ प्रमुख आवश्यकता के हो भन्ने विषयमा छलफल भएको थियो । अबको केही समयमै नेपाली राजदूतसँग पनि यस विषयमा छलफल गर्न गइरहेको छु । हामीले यसअघि नै नेपाल प्रहरी अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट राख्ने लगायतका काम गर्दै सहयोग गर्दै आएका छौं । साथै अहिले हामी बेलायती दूतावासको माध्यमबाट नेपालको अवस्था बुझिरहेका छौं । अब सबैभन्दा छिटो कस्तो किसिमको सहयोग गर्न सकिन्छ भन्नेबारे बुझिरहेका छन् ।

लेबर पार्टीका डेल क्याम्पबेल सेभर्सको प्रश्न : कोभ्यास कार्यक्रममा काम गर्दागर्दै पनि नेपालमा देखिएको जस्तो कठिनाइ सामना गरिरहेका मुलुकमा कोरोना खोप पुर्‍याउन प्रभावकारी अन्तर्राष्ट्रिय खोप उत्पादन तथा वितरण प्रणालीको अभाव छैन ? विशेषगरी भारतको पुनेस्थित विश्वको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्िटच्युट अफ इन्डिया, नेपालको अबको अर्को आशा हो ? विश्वभर ८ अर्बको जनसंख्या छ र करिब ४ अर्ब दुई डोज दिनुपर्ने खोप उत्पादनको क्षमता छ । के यो कुरालाई अझै महसुस गरिएको छैन, विश्वले कसरी खोपको माग पूरा गर्न सक्छ ?

मन्त्रीको जवाफ : माननीय सांसदले भन्नुभएको सेरम इन्स्िटच्युट अफ इन्डियाले अहिले सामना गरिरहेको चुनौतीलाई मैले भारतका एक मन्त्रीले जस्तै राम्रोसँग बुझेको छु । भारतले अहिले कोरोनाको दोस्रो लहरको कारण सामना गरिरहेको चुनौती त सबैलाई थाहै छ । खोपको उत्पादन तथा सहकार्यमा हामीले पछिल्लो समय वृद्धि भइहेको देखेका छौं । बेलायतले कोभ्याक्स कार्यक्रमप्रति राखेको धारणाले यो कार्यक्रम कति महत्वपूर्ण छ भन्ने देखाउँछ ।

मेरा मित्र माननीय सांसदलाई पनि यसले विश्वभर कोरोना खोप वितरणको प्रत्याभूति दिलाएको थाहा थाहा छ ।

लिन्डसे नर्थओभरको प्रश्न : अहिले नेपालमा अप्रत्याशित रुपमा बढिरहेको कोरोनाको संक्रमणको अवस्था भोलि विश्वभर देखिनसक्छ । अहिलेसम्मको अवस्थामा बेलायतले विश्वव्यापी खोप कार्यक्रममा सहयोग दिन रोकेको छ र हामीले सहयोगमा पनि कटौती गरेका छौं । हामी कसरी दाबी गर्न सक्छौं कि हामीले जी-७ को माध्यमबाट विश्वलाई यो महामारीबाट बाहिर ल्याउनको लागि नेतृत्व गदैछौं ? जबकी हामी त्यति पनि गर्न सक्दैनौं ।

मन्त्रीको जवाफ : माननीय सांसद, यो एकमात्र मामिला होइन । हामीले हाम्रा प्रमुख साझेदार मुलुकसँग मिलेर खोप विश्वभर पुर्‍याउने प्रयासको नेतृत्व गरिरहेका छन् । साथै म फेरि पनि भन्छु, बेलायतमा बढी भएको कुनै पनि खोप कोभ्याक्स कार्यक्रममार्फत् विश्वभरका मुलुकमा पुग्नेछ ।

कन्जर्भेटिभ पार्टीका डोलर पोपटको प्रश्न : दक्षिण एसियामा नेपाल बेलायतको सबैभन्दा पुरानो दौत्य सम्बन्ध कायम भएको मुलुक हो । यो मित्रताको प्रतिनिधित्व गोर्खा सैनिक र पर्वतारोहीहरुको पुस्ताले गरेका थिए । सम्माननीय मन्त्रीले अहिले नेपाल सरकारसँग उनीहरुको आवश्यकताबारे बुझ्न र मानवीय सहयोग र सहयोग सम्भव भएसम्म प्रभावकारी ढङ्गमा सहयोग पुर्‍याउन सम्पर्कमा हुनुहुन्छ ?

मन्त्रीको जवाफ : मैले यसअघि नै बेलायतको अवधारणाको विषयमा भनिसकेँ । हामी अहिले नेपाल सरकारसँग प्रत्यक्षरुपमा काठमाडौं र बेलायतस्थित दूतावासमार्फत सम्पर्क गरिरहेका छौं । हामीले नेपालको स्वास्थ्य मन्त्रालयलाई प्राविधिक सहयोगको लागि विशेषज्ञहरु पनि पठाएका छौं । हामी काठमाडौं र लण्डनमार्फत् निरन्तर वार्ता पनि जारी राख्नेछौं ।

एर्ल अफ स्यान्डविचको प्रश्न : नेपालको संकटको यो स्तर नेपालको गृहयुद्ध वा सन् २०१५ को भूकम्पको भन्दा कम छ्रैन । बेलायतले विशेषगरी खोप र अक्सिजन उपलब्ध गराउने क्षेत्रमा उचित कदम चालेको छ ? अहिले नेपालको सरकार र ग्रामीण स्वास्थ्य सेवाको कमजोर अवस्थामा बेलायत जानकार हुनुपर्छ । तर, त्यहाँ धेरै अनुभवी एनजीओहरुले क्लिनिकहरुलाई सहयोग गरिरहेका छन् । के हामीले पनि सम्पूर्णरुपमा त्यसको प्रयोग गरेका छौं ?

मन्त्रीको जवाफ : म मेरा मित्रलाई के विश्वास दिलाउन चाहन्छु भने हामीले नेपाललाई अन्य अन्तर्राष्ट्रिय साझेदार मुलुकको तुलनामा सम्भव भएसम्म सबैभन्दा धेरै सहयोग उपलब्ध गराउन सबै प्रमुख पक्षबाट प्रयास गरिरहेका छौं ।

रे कोलिन्सको प्रश्न : हिजो महारानीको स्पिच डिबेटमा मैले कम तथा मध्यम आय भएका मुलुकमा स्थानीय उत्पादन क्षमताको प्रयोग र विस्त्ारका लागि आग्रह गरेको थिएँ । आज लेबर पार्टीले विश्वभर खोप उत्पादन विस्तारको लागि १० बुँदे प्रस्ताव गरेको छ । यसमा विश्वव्यापी रुपमा सम्भावित उत्पादन केन्द्र दर्ता गर्नेसम्मको योजना छ । सरकारले यो महत्वपूर्ण प्रस्तावलाई समर्थन गर्छ ?

मन्त्रीको जवाफ : मैले अहिलेसम्म १० बुँदे योजनाको प्रस्ताव हेरेको छैन, तर म यसको अध्ययन गर्नेछु । अहिले मैले यो प्रस्ताव नहेरेको कारण केही भन्न नसके पनि महत्वपूर्ण प्रस्तावलाई भने विचार गर्नेछु । सबै संवेदनशीलतामा हामीले विश्वव्यापीरुपमा सहकार्य गर्दै उत्कृष्ट र सबैभन्दा प्रभावकारी कदम चाल्न जरुरी छ । जसले यो महामारीको मात्र नभई भविष्यमा आउन सक्ने महामारीको चुनौती पनि सामना गर्न सक्नेछ ।

गिसेला स्टुर्टको प्रश्न : हामी अहिले जनगणनाको नतिजाको प्रतीक्षामा रहेको भएपनि बेलायतमा नेपालीको संख्या ८० हजारदेखि एक लाखको बीचमा रहेको अनुमान छ । त्यसले म मन्त्रीलाई यो आग्रह गर्न चाहन्छु कि नेपालको सहयोगलाई वैदेशिक नीतिको रुपमा नभई अन्तरिक नीतिको रुपमा राखियोस् । ताकि हामीले स्थानीय समुदायहरुलाई पनि उनीहरुको परिवारलाई पनि सहयोग गरिरहेका छौं भन्ने प्रत्याभूति दिलाउन सकियोस् ।

मन्त्रीको जवाफ : म माननीय सांसदलाई आश्वासन दिनसक्छु । हामीले भारतलाई दिएको सहयोगको अनुभवले हाम्रो आप्रवासी समुदायको शक्तिलाई बढाएको छ । मैले मेरो कार्यालयलाई निजी क्षेत्रका प्रतिनिधिहरुलाई नेपाललाई आप्रवासी समुदायको तर्फबाट हुने सहयोगको बढाउने छलफलको व्यवस्था गर्न निर्देशन दिएको छु ।

कन्जरभेटिभ पार्टीका मोहम्मद शेखको प्रश्न : म जानकारी गराउन चाहन्छु कि म बेलायत-नेपाल व्यापार तथा लगानी फोरमको संस्थापक तथा अध्यक्ष हुँ । अहिले नेपालको अवस्था भयानक छ । नेपाललाई तत्काल सहयोगको खाँचो छ । मैले बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गरिरहेको छु र मैले नेपाली राजदूतसँग पनि पटकपटक वार्ता गरेको छु । नेपाललाई भेन्टिलेटर, अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर्स, अक्सिजन प्लान्ट, आईसीयू बेड, परीक्षण किट्स र स्वाभाविक रुपमा खोपको पनि खाँचो छ । म मन्त्रीलाई यो कुरा जानकारी गराउँदै यसको जवाफको प्रतीक्षामा छु । साथै म मुस्लिम च्यारिटीहरुलाई पनि तत्काल सहयोग उपलब्ध गराउने तर्फ सोच्न आग्रह गर्छु ।

मन्त्रीको जवाफ : मैले माननीय सांसदको पत्र पाएको छु र यसलाई कार्यान्वयन पनि गर्दैछु । यो सूचि मेरो लागि परिचित नै हो र मैले यसअघि बेलायतमा रहेका नेपाली समुदायसँगको सम्पर्कको विषयमा भनिसकेको छु । म माननीय सांसदलाई प्रत्यक्ष रुपमा छलफलमा बसेर प्रत्यक्षरुपमा नेपाललाई आवश्यक परेको सहयोगबारे वार्ताको लागि आग्रह गर्छु ।

मौली मिचरको प्रश्न : म पूर्णरुपमा बेलायत सरकारको समर्थन गर्छु र सरकारको नेपाल तथा अन्य विकासशील मुलुकलाई खोप उपलब्ध गरउन सरकारले चालेको कदमको पनि सराहना गर्छु । मन्त्रीज्यूले यो संसद्मा यो कुरा बताउनुहुन्थ्यो कि सरकारलाई आगामी शरद ऋतुसम्ममा बेलायतका कमजोर तथा ज्येष्ठ नागरिकलाई खोप आवश्यक पर्छ वा पर्दैन भन्ने थाहा छ कि छैन ? यदि आवश्यक पर्छ भने विकासशील मुलुक र यो मुलकका कमजोर तथा वृद्ध मानिसहरुमध्ये कसले प्राथमिकता पाउँछ ?

मन्त्रीको जवाफ : म यो प्रश्न मेरा साथी लर्ड बेथरलाई दिन चाहन्छु, यहाँले मान्य बारोनेसको उक्त बुझ्नेगरी दिनुहुनेछ । यद्यपि हामी विकासशील मुलुकसँग उनीहरुको आवश्यकता पूरा गर्ने विषयमा पनि काम गरिरहेका छौं ।

लेबर पार्टीका जर्ज फोउल्कसको प्रश्न : मन्त्रीज्यूलाई थाहा छ कि नेपालका प्रधानमन्त्रीले आफ्नो गल्तीको महसुस गरे, उनले राजीनामा दिए ? यो उनी यहाँका प्रधानमन्त्रीभन्दा असल छन् भन्ने कुराको संकेत होइन ?

मन्त्रीको जवाफ : मैले हाम्रा प्रधानमन्त्रीलाई राम्रोसँग चिन्छु । मैले उनी फरेन सेक्रेटरी हुँदा नै उनीसँग काम गरेको थिएँ । मैले जसरी प्रधानमन्त्रीलाई चिनेको छु, सायद यहाँका अन्य सांसदहरुले चिन्नुभएको छैन होला ।

हाम्रा प्रधानमन्त्री आफैं पनि कोरोनाबाट संक्रमित हुँदै कार्यालयमा फर्किँदा सबै सांसदले टाउको हल्लाउनुहुन्छ, तर महत्वपूर्ण कुरा के हो भने हामीले देखेका छौं र यसलाई पालना गरेका छौं । पहिलो प्राथमिकता भनेको कोरोनाको महामारी नियन्त्रण गर्नु थियो । बेलायतमात्र होइन, विश्वका सबैजसो मुलुकको चुनौती यही थियो । उनकै पहलमा कोभ्याक्स कार्यक्रमको स्थापना भयो । अहिले यसबाट १९२ मुलुकले लाभ लिइरहेका छन् । वास्तविकता यो हो ।

मैले प्रधानमन्त्रीलाई व्यक्तिगतरुपमा पनि राम्रोसँग चिन्छु र उनले यो एजेन्डामा अगाडिदेखि नै नेतृत्व लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment