Comments Add Comment

अन्तिम मिनेटमा गोल गर्दै लेवान्डोस्कीले तोडे गर्ड मुलरको ४९ वर्ष पुरानो कीर्तिमान

९ जेठ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले जर्मन बुन्डेसलिगामा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । यसअघि नै च्याम्पियन भइसकेको बायर्न म्युनिखले सिजनको अन्तिम खेलमा शनिवार ५-२ ले पराजित गर्दा लेवान्डोस्कीले अन्तिम मिनेटमा गोल गर्दै गर्ड मुलरको नाममा रहेको ४९ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

लेवान्डोस्कीले यस सिजन बुण्डेसलिगामा २९ खेल खेल्दै ४१ गोल गरे । यसअघि मुलरले सन् १९७१/७२ को सिजनमा ४० गोल गरेका थिए । लेवान्डोस्कीले गत साता त्यो कीर्तिमान बराबरी गरेका थिए ।

लेवान्डोस्की बुण्डेसलिगामा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनले २७७ गोल गरेका छन् । गर्ड मुलरले ने सर्वाधिक ३६५ गोल गरेका छन् ।

लेवान्डोस्कीले कीर्तिमान बनाएको खेलमा बायर्नले पनि लिगमा सुखद अन्त्य गरेको छ ।

बायर्नको जितमा लेवान्डवस्कीसँगै सर्जी जिनाब्री, जोसुवा किमिच र किंग्सले कोम्यानले एक-एक गोल गरे । बायर्नले एक आत्मघाती गोल उपहार पाएको थियो ।

अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गरे । अग्सबर्गका लागि आन्द्रे हान र फ्लोरिनले एक एक गोल फर्काए ।

यस सिजन च्याम्पियन बायर्नले ३४ खेलमा ७८ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment