+
+
Shares

‘राधे’ बन्यो सलमानको सबैभन्दा कमजोर चलचित्र

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते ११:५२

नायक सलमान खानले अभिनय गरेको चलचित्र ‘राधे’ मे १३ मा ओटीटी प्लेटफर्म र हलमा रिलिज भयो । तर, यो चलचित्रले दर्शकको अपेक्षा पुरा गर्न भने सकेन ।

यो चलचित्रलाई दर्शकले सलमानको आजसम्मकै करिअरको सबैभन्दा कमजोर चलचित्र बनेका छन् । इन्टरनेट मुभी डाटाबेस(आइएमडीबी)मा १ लाख ४८ हजार मानिसले यो चलचित्रलाई जम्मा १.८ रेटिङ दिएका छन् । ‘राधे’ सलमानको अहिलेसम्म रिलिज भएका चलचित्रमध्ये सबैभन्दा कमजोर रेटिङ पाउने चलचित्र बनेको छ ।

यो चलचित्रले ओभरसिज बक्स अफिसमा पनि खासै गतिलो व्यापार गर्न सकेन । दर्शक र समिक्षकको खराब समिक्षाका कारण यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्न नसकेको हो ।

यो चलचित्रबाट सलमान खानले भने १ सय करोड नाफा कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । प्रभु देवाको निर्देशनमा तयार भएको यो चलचित्रमा सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसअघि सलमानले अभिनय गरेको चलचित्र ‘रेस ३’ले आइएमडीबीमा १.९ रेटिङ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?