Comments Add Comment

मौसममा एक्कासी आएको परिवर्तनले चीनमा २१ धावकको मृत्यु

९ जेठ, काठमाडौं । चीनमा क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिएका २१ जना धावकको मृत्यु भएको छ ।

गान्सु प्रान्तको येलो रिभरस्टोन फरेस्टमा प्रतियोगिता भइरहेको बेला एक्कासी चिसो बढेर हुरी र वर्षा भएका कारण ती धावकको मृत्यु भएको चीनको सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

खोजी तथा उद्धार टोलीले आइतबार २१ वटा शव फेला पारेको ग्लोबल टाइम्सले जनाएको छ । एक सय किलोमिटर क्रस कन्ट्री दौडमा १७२ जना धावक सहभागी भएको र १५१ जनालाई जीवित फेला पारेको पिपुल्स डेलीले जनाएको छ । केही घाइते भएकाले अस्पतालमा उपचार भइरहेको छ ।

प्रतियोगिता भइरहेको बेला केही धावक हराएपछि प्रतियोगिता स्थगित गरिएको थियो । त्यसपछि खोजीका लागि टोली परिचालन गरिएको थियो ।

चीनको येलो रिभर स्टोन फरेस्ट पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । ५० वर्ग किलोमिटरमा फैलिएको यो क्षेत्र ढुंगाका आकर्षक स्तम्भले चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment