Comments Add Comment

बाँकेमा थप ८ संक्रमितको मृत्यु

९ जेठ,  काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एक/एक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षीया महिला,  कैलालीकै टिकापुर नगरपालिका-१ का ६० वर्षीय पुरुष, टिकापुर-७ का ३५ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका-६ की ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।

७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार साँझ मृत्यु भएको हो । उनीमा जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।

६० वर्षीय वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा शनिबार नै मृत्यु भएको हो । ६० वर्षीय वर्षीय पुरुषमा वैशाख १० गते,  ३५ वर्षीय पुरुषमा वैशाख १७ गते र  ३३ वर्षीया महिलामा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।

दाङको बबइ गाउँपालिका-२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ९२ वर्षीय पुरुषमा वैशाख ३१ गते र ४५ वर्षीया महिलामा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी सल्यानको शारदा नगरपालिका-१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बहान ६ बजे मृत्यु भएको हो । उनीमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment