+
+
Shares

संसद विघटनविरुद्ध अदालत जाने तयारीमा विपक्षी गठबन्धनको दौडधुप

आर्यन धिमाल आर्यन धिमाल
२०७८ जेठ ९ गते १८:१०

९ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेका विपक्षी दलका नेताको समय आइतबार दिनभर त्यसको तयारीमा नै बित्यो । पहिले सिंहदरबारमा रिटको मस्यौदा तयार गर्न र पछि संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त रिटमा सांसदहरुको हस्ताक्षर संकलन गर्न नेताहरुले समय खर्च गरे ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष अदालत जाने तयारीमा छन् ।

रिटको मस्यौदा तयार गर्न र सांसदहरुको हस्ताक्षर गर्न समय लागेपछि विपक्षी गठबन्धनले सोमबार मात्र रिट दर्ता गर्ने तयारी गरेको छ ।

हेर्नुस् आइतबार दिनभर नेताहरुको गतिविधि 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?