+
+

सप्तरीको डाक्नेश्वरीमा आगलागी, पाँच घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १५:४२

९ जेठ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतबार दिउँसो भएको आगलागीले पाँच वटा घर जलेर नष्ट भएको छ । आगलागीले २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १० रंजितपुर निवासी भरत चौधरीको परालको थुप्रोबाट एक्कासी आगलागी भएको हो । उक्त आगोले भरतसहित सोही ठाउँका बन्हु चौधरी, उमाकान्त चौधरी, शोभाकान्त चौधरी तथा लक्ष्मिकान्त चौधरीको एक/एक वटा घर पूर्ण रुपमा जलेको छ ।

आगलागीले सबैभन्दा बढी क्षति बन्हु चौधरीको घरमा भएको छ । उनले नयाँ घर निर्माणका लागि राखेको ६ लाख रुपैयाँ नगदसहित सबै सामान जलेको छ ।

यस्तै, आगलागीले शोभाकान्तको एउटा १२५ सिसीको डिस्कोभर मोटरसाइकलसहित घरभित्रका सबै सामान जलेको पीडित चौधरीले बताए ।

त्यस्तै, उमाकान्तको घरभित्र राखिएका ४ लाख बराबरको सुनको गहन समेत डढेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?