+
+

महन्थ ठाकुरको वक्तव्य : उपेन्द्र समूहको निर्णय अमान्य

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १८:०४

९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षले बोलाएको कार्यकारिणी बैठकले गर्ने निर्णय अमान्य हुने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुरले आइतबार एक विज्ञप्ति जारी गर्दै जेठ ८ र ९ गतेका लागि तय भएको जसपाको कार्यकारिणी समितिको बैठक कोरोना महामारीमा कारण स्थगित गरिएको, तर अर्को पक्षले राखेको बैठकले गरेका निर्णय अमान्य हुने बताएका हुन् ।

उनले बैठकका निर्णयहरु आफूहरुलाई अमान्य हुँदै विज्ञप्तिमा भनेका छन्, ‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ ।’

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका गतिविधि गरेको भन्दै जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले चार नेतामाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?