Comments Add Comment

 स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस  र एनपीआईमा आबद्ध

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्ट आईपीएस र नेसनल पेमेन्ट इन्टरफेस प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ ।

जस अन्तर्गत यस परियोजनाको पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तिय संस्थामा रहेको खाताबाट कनेक्ट आईपीएसमार्फत् एससीबीएनएलमा रहेको खातामा अनलाइन फण्ड ट्रान्स्फर गर्न सकिनेछ ।

एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ । एससीबीएनएल र एनसीएचएलबीच यस सहकार्यले ग्राहकहरूलाई अनलाइन भुक्तानीमा थप सहयोग पुर्‍याउने र नेपालको डिजिटल भुक्तानीइको सिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ ।

प्रारम्भिक चरणको कार्यान्वयनमा कुनै पनि कनेक्ट आईपीएसको सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकहरूले -यसको वेब वा मोबाइल एप्स् वा एनपीआई वा बैंक र वित्तीय संस्थाका मोबाइल एप्स्/इन्टरनेट बैंकिङ्गबाट) स्ट्यान्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सिधै रकमान्तर गर्न सक्नेछन् ।

यसले एससीबीएनएलका ग्राहकहरूलाई कनेक्ट आईपीएसमार्फत सोझै आˆनो खातामा रकम प्राप्त गर्न सक्नेछन् र बैंकले व्यावसायिक ग्राहकहरूलाई भुक्तानी संकलन गर्न यस प्रणालीमा आवद्घ गर्न सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment