+
+
Shares

गुणस्तरहीन स्यानिटाइजर बनाएको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १४:५२

१० जेठ, काठमाडौं । इन्टरनेटमा हेरेर अवैध रुपमा गुणस्तरहीन स्यानिटाइजर बनाएको अभियोगमा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका घर भएका २३ वर्षीय दुर्गा भट्टराई छन् ।

अपराध महाशाखाको टोलीले सोमबार दिउँसो छापा मारेर गुणस्तरहीन स्यानिटाइजरसहित भट्टराईलाई पक्राउ गरेको हो । महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार ललितपुर महानगरपालिका–१० मा समिट होटल छेउ घर भाडामा लिएर भट्टराईले अवैध रुपमा स्यानिटाइजर तयार गर्ने गरेको प्रारिम्भक अनुसन्धानबाट देखिएको छ ।

‘स्यानिटाइजर बनाउनलाई अनुमति पनि लिएको पाइएको छैन,’ एसपी कोइरालाले अनलाइनखबरसँग भने, ‘स्टिकर पनि अनलाइनबाट तानेर प्रिन्ट गरेको देखिन्छ ।’ प्रहरीका अनुसार हाल करिब १५ सय तयारी स्यानिटाइजर बरामद भएको छ ।

स्यानिटाइजरलाई थप परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाइने कोइरालाले बताए ।

आइतबार मात्रै अपराध महाशाखाले उपत्यकाको तीन ठाउँमा छापा मारेर ठूलो परिमाणमा गुणस्तरहीन स्यानिटाइजर बरामद गरेको थियो । दुवै घटनाका आरोपीविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?