Comments Add Comment

खोप किन्न वीरगञ्ज महानगरपालिकाले माग्यो सरकारसँग अनुमति

१० जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो ।

कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए ।

‘अमेरिकी र रसियन खोप राम्रो छ, सरकारले अनुमति दियो भनेर मगाएर नगरबासीलाई लगाउँछु’ उनले भने ‘५÷७ करोड खर्च गरेर खोप आउँछ, खोपले नागरिक बचाउन सकिन्छ भने किन खर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।’

ती देशमा प्राइभेट कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उनको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उनले बताए ।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को कारण लाखौं नागरिक संक्रमित र हजारांैको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । आम जनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन सकेको छैन’ महानगरले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा उल्लेख छ ।

समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment